November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रहरीको गोली लागेर २ जना घाइते

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:५३
प्रहरीको गोली लागेर २ जना घाइते
  • स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते
  • प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते
  • दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग

काठमाडौं ।।

धनुषाको हंसपुर नगरपालिका-५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको प्रहरीको कुटाइपछि मृत्यु भएसँगै आक्रोशित स्थानीय प्रहरीचौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । भीडलाई हटाउन प्रहरीले गरेको हवाईफायरका क्रममा दुईजनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ । अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो ।

प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते भएका स्थानीयले बताएका छन् । स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि आत्मरक्षाका निम्ति गोली चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रूपमा जलाइदिएको तथा नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादका क्रममा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा लगिएको थियो । सो क्रममा प्रहरीका सई तुलानन्द ठाकुरको कुटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । गोली लागेर घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । घाइते मण्डललाई थप उपचारका निम्ति काठमाडौं ‘रिफर’ गरिएको छ । प्रहरीको गोली लागी घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्