May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महानगरले फुटपाथमा सामान बेच्न नदिएपछि स्थानियले महोत्सवको गेट नै बन्द गरिदिए

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १५:१७
महानगरले फुटपाथमा सामान बेच्न नदिएपछि स्थानियले महोत्सवको गेट नै बन्द गरिदिए
  • मूल गेट फुटपाथ व्यवसायीहरूले बन्द गरिदिए
  • लगानी गरेर ल्याएको सामान बिक्री गर्न नदिएको आक्रोश 
  • “कि जागिर लगाइदिनुपर्‍यो, गरिबले एउटा सुन्तला बेचेर पनि खान नपाउने ?” : व्यवसायी 

पोखरा ।।

१९औँ लेखनाथ महोत्सवको मूल गेट फुटपाथ व्यवसायीहरूले बन्द गरिदिएका छन् । लेखनाथमा जारी महोत्सवको दोश्रो दिन महानगर प्रहरीले फुटपाथ व्यवसायीहरूले गेटबाहिर बेच्न राखेका फलफूल, लत्ताकपडा लगायतका सामान उठाइदिएको थियो । त्यसको विरुद्धमा नाराबाजी गर्दै उनीहरूले महोत्सवको मूल गेट नै बन्द गरिदिएका हुन् । आक्रोशित उनीहरूले आफूहरूले लगानी गरेर ल्याएको सामान बिक्री गर्न पाउनुपर्ने बताएका थिए । “कि जागिर लगाइदिनुपर्‍यो, गरिबले एउटा सुन्तला बेचेर पनि खान नपाउने ?” एक महिलाले भनिन् ।

महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले महोत्सव सञ्चालन भएको स्थान बाहिरको बाटोमा व्यापारिक प्रयोजनका अन्य सामाग्री राखिएको हुँदा हटाइएको बताए । हिजो (शनिबार) आफूहरू नै गएर बाहिर व्यवसाय नगर्नुहोस, भित्र स्टलहरू छन, त्यहीँ राख्न भनिएको उनले बताए । “भित्र सामान राख्ने व्यवस्था गरिएको होला, स्टलमा व्यापार गर्नुहोस् भन्यौँ । तर, आजपनि हिजोकै कामलाई निरन्तरता दिनुभएको रहेछ, आज हटाउने काम भएको हो ।” उनले भने । फुटपाथ व्यवसायीहरूले लगाएको गेट खुलाउने विषयमा नेपाल प्रहरीसँग समन्वय भइरहेको उनले बताए ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट