May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

यि हुन् टाउको दुख्ने गम्भीर कारणहरु….

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:३८
यि हुन् टाउको दुख्ने गम्भीर कारणहरु….
  • क्लस्टर हेडएक नै हो त ?
  • के यो माइग्रेन भन्दा फरक हो ?
  • के हो क्लस्टर हेडएक ?
  • किन यस्तो हुन्छ ?
  • के छ त उपचार
  • ध्यान दिनुपर्ने कुराहरु
  • कसलाई हुनसक्छ यो समस्या

कुनै काम गर्‍यो भने टाउको दुखेर खपिनसक्नु हुने । के गरौं, के गरौं हुने । फेरी केही क्षणमा आफै निको हुने । तर, फेरी अर्को दिन उही दशा दोहोरिने । अक्सर टाउको दुखाई केही समयपछि आफै निको हुन्छ । तर, उनीहरुको टाउको दुखाई ज्यूँको त्यूँ रहेपछि अस्पताल धाउन थालेछन् । एउटा चिकित्सकले भन्छन्, ‘यो मोइग्रेन हो ।’ अर्को चिकित्सकले भन्छन्, ‘तनावको कारण यस्तो भएको हो ।’

न समस्याको सही पहिचान हुन्छ, न टाउको दुख्न नै छाड्छ । भनिहालौं, यस्तो किसिमको टाउको दुखाई तुलनात्मक रुपमा पुरुषमा बढी हुन्छ । त्यही कारण पनि यसबारे खासै सोधीखोजी भएको हुँदैन । वास्तवमा यो माइग्रेन होइन, न तनावकै कारण हो । यसलाई  क्लस्टर हेडएक भनिन्छ ।

क्लस्टर हेडएक नै हो त ?

त्यसो त टाउको दुख्नुको कारण एउटा मात्र हुँदैन । अनेक कारणले टाउको दुख्छ । टाउको दुखाईको प्रकृति हेरेर यसको समस्या पहिचान गर्न सकिन्छ । क्लस्टर हेडएक नै हो वा होइन भनेर छुट्याउने एउटा सामान्य तरिका भनेको टाउको दुखाईको प्रकृति नै हो ।

यदि क्लस्टर हेडएक भएमा निम्न लक्षण देखिन्छन् ।

–अत्याधिक टाउको दुख्छ ।

–आँखाको आसपासमा दुखाई महसुष हुन्छ ।

–आँखा रातो हुन्छ, आँशु आइरहन्छ ।

–नाकबाट सिँगान बग्छ, नाक बन्द हुन्छ ।

–वेचैन वा छटपटी हुन्छ ।

के यो माइग्रेन भन्दा फरक हो ?

माइग्रेन र क्लस्टरमा केही फरक छ । माइग्रेनमा पनि निरन्तर टाउको दुख्छ, तर केही दिनको फरकमा । क्लस्टर हेडएक भएको छ भने एकै दिनमा पटक पटक टाउको दुख्छ । क्लक्लस्टर हो भने १५ देखि १ सय ८० मिनेटसम्म टाउको दुख्नसक्छ । यदि माइग्रेन भएमा कम्तीमा एक पटकमा ४ घण्टाभन्दा बढी अवधि दुख्छ । त्यसबाट दुखाई निरन्तर ७२ घण्टासम्म रहन सक्छ । क्लस्टर प्राय पुरुषमा हुन्छ भने माइग्रेन महिलामा । यद्यपि यो अनुपात अहिले घट्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । २००६ को अध्ययनअनुसार ६ जना पुरुष बराबर एक जना महिलामा यस किसिमको टाउको दुखाई हुन्थो भने अहिले क्लस्टरबाट पीडित हुने महिलाको संख्या पनि बढ्दो छ । माइग्रेन र क्लस्टर दुबैमा देखिने एकै किसिमको लक्षण भनेको एकातिर मात्र टाउको दुख्नु हो ।

के हो क्लस्टर हेडएक ?

यो एक प्रकारको अत्याधिक टाउको दुख्ने समस्या हो । यस्तो दुखाई प्राय एकातिर आँखाको वरिपरि हुनछ । सहनै नसक्ने गरी दुख्ने हुनाले यसलाई सुसाइडल हेडएक पनि भनिन्छ । यो समस्या थोरै व्यक्तिमा मात्र देखिन्छ । यसले महिलाभन्दा पुरुषलाई बढी सताउने गरेको पाइन्छ ?

किन यस्तो हुन्छ ?

यसको मूल कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । यद्यपि शरीरमा अचानक हिस्टमिन (शरीरमा हुने एक प्रकारको रसायन, जुन प्रतिरक्षा प्रणालीले पैदा गर्छ) र सरोटोनिन (मस्तिष्कले पैदा गर्ने एक हर्मोन, जसले हाम्रो मुड, भोक आदि नियन्त्रण गर्छ) बढ्दा हुनसक्छ । साथै अनुहारमा जोडिने एक किसिमको नसालाई प्रभावित गर्दा पनि यो समस्या आउन सक्छ ।

के छ त उपचार

क्लस्टर हेडएकमा अकुपन्चर  एकदम प्रभावकारी देखिएको छ । अकुपञ्चरले (अटोनोमिक रिफ्लेक्स) स्वचालित स्नायु प्रणालीलाई सन्तुलन गर्छ । क्लस्टर हेडएकमा ट्राइजेमिनल नर्व (अनुहारमा चेतना दिने नसा, जसलाई पाँचौ क्रनियल नसा भनिन्छ) प्रभावित भएको हुन्छ ।

३० दिनसम्म अकुपञ्चर गरेपछि क्लस्टर हेडएक निको हुन्छ । त्यसपछिका केही समय महिनामा एक पटक अकपुञ्चर गरेमा यो समस्या दोहोरिने जोखिम हुँदैन ।

ध्यान दिनुपर्ने कुराहरु

१. चुरोट र रक्सी नखाने ।

२. तनाव व्यवस्थापन गर्ने ।

३. अक्सिजन थेरापी लिने ।

४. प्राणायम जस्ता श्वासप्रश्वाससँग सम्बन्धित व्यायाम गर्ने ।

कसलाई हुनसक्छ यो समस्या

–चुरोट तान्नेलाई

–रक्सी पिउनेलाई

–बढी तनाव लिनेलाई

–अचानक धेरै उचाईमा जाँदा

–पारिवारिक समस्या भएका व्यक्ति

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट