April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १६:२८
अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने
  • गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने
  • संविधानले नै सरकार उल्लेख गरेको हुँदा लेटरहेडमा पनि स्थानिय प्रयोग गर्ने 
  • स्थानीय सरकार लेख्न सबै गाउँपालिकालाई आह्वान

पोखरा ।।

गाउँ कार्यपालिकाको कार्यालय लेख्दै आइरहेका गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने भएका छन् । गाउँपालिकाहरूको छाता संस्था गाउँपालिका राष्ट्रिय महासंघले पाँचौँ बैठकमार्फत् वित्तीय अधिकार माग गर्नेदेखि लिएर लेटरहेडमा सरकार लेख्ने निर्णयसहित ११ बुँदे माछापुच्छ्रे घोषणापत्र जारी गरेको हो । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिका-८, ल्वाङमा महासंघको बैठक बसेको थियो । उक्त बैठकले नेपालको संविधानले नै सरकार उल्लेख गरेको हुँदा लेटरहेड प्रयोगमा स्थानीय सरकार लेख्न सबै गाउँपालिकालाई आह्वान समेत गरेको छ ।

“नेपालको संविधान र संघीय कानुन (स्थानीय सरकार सञ्चालन ऐन, २०७४) ले गाउँपालिका र नगरपालिकाहरू स्थानीय सरकार हुन् भन्ने कुरा स्पष्ट गरेको सन्दर्भमा गाउँपालिकाहरूको बोर्ड तथा लेटरहेड प्रयोगमा स्थानीय सरकार नै उल्लेख गर्न, गाउँकार्यपालिकाको कार्यालय र गाउँसभाको सचिवालयको बेग्ला–बेग्लै बोर्ड, लेटरहेड, छापको प्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्न सबै गाउँपालिकाहरूमा हार्दिक आह्वान गर्दछौँ,” महासंघकी अध्यक्ष तथा नवलपुरको हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मीदेवी पाण्डेले भनिन् ।

यसका लागि नीतिगत व्यवस्थाको सहजीकरण महासंघले नै गर्ने उनले जानकारी दिइन् । घोषणापत्रमा गत असार १६ गते पोखरामा भएको राष्ट्रिय समन्वय परिषद् बैठकको निर्णय कार्यान्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराइएको छ । तीनै तहका सरकार सहभागी हुने यो परिषद्को पहिलो बैठक नै गत असारमा बसेको थियो । उक्त बैठकका निर्णयहरू ६ महिनाभित्र कार्यान्वयन गर्ने भनिएतापनि संघीय सरकारले त्यसतर्फ पहल नै गरेको छैन ।

यस्तै, शिक्षकहरूले निकै विरोध गरेको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्दा स्थानीय सरकारसँग पर्याप्त परामर्श गर्न आग्रह गरिएको छ ।“संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षासम्बन्धी विधयेकमा तहगत सरकारका एकल अधिकारमा हस्तक्षेप नहुने गरी पारित गर्न व्यापक परिमार्जन गर्नुपर्ने भएकोले स्थानीय सरकारसँग पर्याप्त परामर्श गरेर मात्र संसद्मा पेस गर्न सम्बन्धित संसदीय समितिको ध्यानाकर्षण गर्दछौँ,” घोषणापत्रमा भनिएको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।