March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्दै देउवा, वामपन्थीलाई नदिने

  • साझा परिवेश
  • मङ्लबार, पुस ५, २०७९ ११:१२
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्दै देउवा, वामपन्थीलाई नदिने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि सात दिनेका  समय दिएपनि दलहरुको ध्यान यतिबेला भावी राष्ट्रपतिका लागि केन्द्रित हुन थालेको छ।

निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूसँगै राख्छ चाहन्छ। त्यसका लागि कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका रुपमा अगाडि सार्ने तयारी गरिरहेको छ।

वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सहमति गरेको  पाँच  दलीय गठबन्धनमा शक्ति बाँडफाँटमा कुरा मिलिसकेको छैन। तर राष्ट्रपति पद वामपन्थीलाई दिन नहुनेमा गैर कम्युनिष्ट पार्टी एकमत छन्।

माओवादीले आफूलाई राष्ट्रपति नदिने सुइँको पाएपछि उसले प्रधानमन्त्रीमा दाबी गर्दै आएको छ। कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको छ।

तर, सुरुमा कसको नेतृत्व भन्ने विषयमा सहमति जुट्न सकेको छैन। माओवादी सुरुमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा छ। तर, कांग्रेसले ठूलो दलको हैसियतले सुरुमा सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने बताउँदै आएको छ।

माओवादीले राष्ट्रपतिमा दाबी नगरेपछि सुरुमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। यो विषयमा सहमति भइसकेको छैन।

कांग्रेसभित्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूले राख्नुपर्ने आवाज बलियो छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेका छन्। राष्ट्रपतिका लागि पौडेल पनि तयार भएका छन्।

नेता पौडेलले आफूलाई साथीहरुले महत्वपूर्ण जिम्मेवारी लिनुपर्छ भनेको र आफू त्यसमा सकारात्मक नै रहेको बताए। तपाईंको रुची प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा भन्ने डिसी नेपालको प्रश्नमा नेता पौडेलले भने, ‘साथीहरुले तपाईंले महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ भन्नु भएको छ, त्यसका लागि अहिले म छलफलमा नै छु। त्यस्तो जिम्मेवारी लिन म तयार नै छु।’

निर्वाचनमा विजयी भएपछि पौडेलले आफू एक पटक प्रधानमन्त्री बनेर देशका लागि योगदान दिन इच्छुक रहेको बताएका थिए। तर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नै दाबी रहने भएपछि उनी राष्ट्रपति बन्न तयार भएका हुन्। देउवाले उनलाई राष्ट्रपतिका लागि तयार रहन भनेको स्रोतले जनाएको छ।

निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नपुगेको अवस्थमा दलहरुको रुची राष्ट्रपतिमा केन्द्रित छ। राष्ट्रपति पाँच वर्षसम्म कायम रहने भएकाले र अस्थिर सरकार भएका बेला राष्ट्रपतिको भूमिका झन बढ्ने भएकाले दलहरुको ध्यान शितल निवासतर्फ केन्द्रित छ।

स्रोतका अनुसार वामपन्थी दललाई राष्ट्रपति नदिन कांग्रेसलगायत गैर कम्युनिष्ट पार्टी एकमत छन्। कम्युनिष्ट पृष्ठभूमिका राष्ट्रपतिको निकटता चीनसँग  पनि हुने भएकाले गैरकम्युनिष्टलाई राष्ट्रपति बनाउने तयारी स्वरुप रामचन्द्र पौडेललाई शितल निवास पठाउन देउवाले पौडेललाई अगाडि सारेका हुन्।

१४ औं महाधिवेशनमा तटस्थ रहेका देउवालाई सहयोग पर्याएका पौडेलले संसदीय दलको निर्वाचनमा पनि देउवालाई साथ दिने बताइएको छ।

संवैधानिक पद भएपनि राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। कतिपय अवस्थामा पूर्व पार्टीप्रति सहानुभूति राख्ने भएकाले पनि देउवाले आफ्नै पार्टीबाट राष्ट्रपति बनाउन चाहेका हुन्।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक रोकेकी थिइन् भने सरकारले जेलमा रहेका रेशम चौधरीलगायतलाई छुटाउने  प्रयोजनका लागि ल्याइएको अध्यादेशसमेत होल्ड गरेर राखेकी छन्।

संवैधानिक पद भएपनि कतिपय अवस्थामा राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने बुझाइमा रहेका देउवाले पौडेललाई राष्ट्रपतिका लागि अगाडि सार्ने तयारी गरेका हुन्।

  • साझा परिवेश
  • मङ्लबार, पुस ५, २०७९ ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट