sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मानव तस्करीको आशंकामा ४ दिन फ्रान्समा रोकिएको विमान मुम्बई पुग्यो

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १३:0३
मानव तस्करीको आशंकामा ४ दिन फ्रान्समा रोकिएको विमान मुम्बई पुग्यो
  • चार दिन फ्रान्समा रोकिएको एउटा चार्टड विमान भारतको मुम्बई पुग्यो 
  • अरब इमिरेट्सबाट ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाका लागि उडेको
  • फ्रान्सको एक विमानस्थलमा अवतरण गरेपछि मानव तस्करीको आशंकामा फस्यो 

बीबीसी ।।

मानव तस्करीको आशंकामा चार दिन फ्रान्समा रोकिएको एउटा चार्टड विमान भारतको मुम्बई पुगेको छ । विमानमा ३०३ यात्रुमध्ये २७६ जना भारतीय थिए । लिजेन्ड एयरलाइन्सको विमान मंगलबार मुम्बई अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो । चाटर्ड एयरबस ए ३४० विमान युनाइटेड अरब इमिरेट्सबाट ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाका लागि उडेको थियो । इन्धन भर्न विमान फ्रान्सको एक विमानस्थलमा अवतरण गरेपछि मानव तस्करीको आशंका गरिएको थियो ।

त्यसपछि विमानलाई बिहीबार पेरिसभन्दा १३० किलोमिटर पूर्वस्थित वेट्री विमानस्थलमा रोकिएको थियो । विमानमा रहेका केही यात्री मानव तस्करीको फन्दामा परेको सूचना प्राप्त भएपछि फ्रान्सका अधिकारीहरूले उक्त चाटर्ड विमानलाई रोकेका थिए ।

विमानमा रहेका दुईजना नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिने इच्छा व्यक्त गरेपछि उनीहरूलाई अहिले फ्रान्समा नै राखिएको छ । थप अनुसन्धानका लागि फ्रान्सका अधिकारी दुईजना शंकास्पद मानव तस्करलाई फ्रान्समै रोकेका छन् । उनीहरूसँग अहिले सोधपुछ चलिरहेको समाचारमा उल्लेख छ ।

विमानमा रहेका अधिकांश यात्रु युनाइटेड अरब इमिरेट्समा काम गर्ने भारतीय रहेको जनाइएको छ । उनीहरुमध्ये एकतिहाई यात्रु गुजरातका थिए । विमानलाई निकारागुवा पठाउनुको सट्टा किन मुम्बई पठाइयो भन्ने स्पष्ट भएको छैन । विमानमा भएका धेरैलाई मानव तस्करले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउन लगेको आशंका गरिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid