April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रसूति सेवाका लागि सरकारले २६ सयभन्दा बढी नर्स उत्पादन गर्ने

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० ११:५६
प्रसूति सेवाका लागि सरकारले  २६ सयभन्दा बढी नर्स उत्पादन गर्ने
  • सरकारले दक्ष प्रसूति सेवाका लागि
  • २  हजार ६०० भन्दा बढी मिडवाइफ नर्स उत्पादन गर्ने 
  • पीसीएल तहका ९०० र स्नातक तहका  मिडवाइफ ३७३ पुर्याउने

काठमाडौं ।।

सरकारले दक्ष प्रसूति सेवाका लागि सन् २०३३ सम्ममा दुई हजार ६०० भन्दा बढी मिडवाइफ नर्स (प्रसूतिका लागि तालिम प्राप्त नर्स) उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० मा यो लक्ष्य राखिएको हो ।

रणनीतिमा सन् ३०३३ सम्ममा देशभर २ हजार ६५३ मिडवाइफ नर्स उत्पादन गरिने उल्लेख छ । नेपाल नर्सिङ परिषद्को तथ्यांकअनुसार हाल देशभर ६६ जना मात्रै मिडवाइफ नर्स छन् । सन् २०३३ सम्ममा हाल सेवारत नर्सबाट एक हजार ३८० जनालाई मिडवाइफ नर्समा रुपान्तरण गरिने उल्लेख छ । त्यसैगरी पीसीएल तहका ९०० र स्नातक तहका  मिडवाइफ ३७३ पुर्याउने लक्ष्य छ ।

मिडवाइफको संख्या वृद्धिसँगै मातृ र नवजात शिशु मृत्युदर घट्ने अपेक्षा राखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस) अनुसार प्रत्येक एक हजारमा २१ जना शिशुको जन्मिएको एक महिनाभित्र मृत्यु हुने गरेको छ । मातृ मृत्युदर हाल १५१ रहेकोमा यो संख्या सन् २०३३ सम्म ७० मा झार्ने सरकारको लक्ष्य छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।