May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

कार दुर्घटना हुँदा २ जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:५९
कार दुर्घटना हुँदा २ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको गौरीघाटकी ४३ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार चालक पुरी र प्रसाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए ।

दुर्घटनामा प्युठान नगरपालिका–८ घर भएका योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । उनको सिन्धुलीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

सिन्धुली आइरहेको कार आज बिहान सडकबाट अन्दाजी ७० फिट तल खसेको थियो ।

प्रहरीले घटनाको जानकारी बिहान साढे ५ बजे पाएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा बिहान ३–४ बजे नै दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट