April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सहमति गर्दै, घेराबन्दीमा पारेर सरकारले दोहोरो चरित्र देखायो : विप्लव

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:३५
सहमति गर्दै, घेराबन्दीमा पारेर सरकारले दोहोरो चरित्र देखायो : विप्लव
  • सरकारले सहमति गर्दै  घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखायो 
  • पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापियो 
  • आज बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने

काठमाडौं ।।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’

हालै विप्लव लगायतका नेकपाका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापिएको थियो । विप्लवले त्यसबारे प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए । आजै साँझ ६ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने विप्लवले बताए ।

मोर्चाको बैठकमा सहभागी नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आफूहरु विरुद्धको प्रक्राउ पुर्जी शान्ति प्रक्रिया र गणतन्त्र विरुद्धकै षडयन्त्र भएको टिप्पणी गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आफूहरुसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएको पनि बताए । उनका अनुसार आज बिहानको बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चाका आगामी कार्यक्रम लगायतका विषयमा छलफल सुरु भएको छ । छलफल नसकिएकाले आजै बेलुका ६ बजे फेरि बैठक बस्ने उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।