sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिप बिल्डिङका १८ जनाले मात्र ईपीएसका लागि आवेदन दिन पाउने

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:५३
सिप बिल्डिङका १८ जनाले मात्र ईपीएसका लागि आवेदन दिन पाउने

काठमाडौँ । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो ।

ती बाहेकको हकमा तत्कालको केही नहुने ईपीएस कोरिया शाखाले जनाएको छ । उनीहरूलाई भोलि (पुस १३ गते) आवेदन फाराम भर्नका लागि बोलाएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ईपीएस शाखा कार्यालयमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेश पत्र र तोकिएको शुल्क लिई आउन भनेको भनेको हो ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा सुरज पाठकसहितका १८ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनीहरुले सिप बिल्डिङ क्षेत्रको परीक्षामा सामेल भएर अनुत्तीर्ण भएका थिए । उत्पादनमूलक क्षेत्रका लागि आह्वान गरिएको सूचनामा उनीहरूलाई आवेदन दिन नपाउने भनिएको थियो ।

त्यसका विरुद्धमा उनीहरू अदालत गएका थिए । अदालतले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकहरूलाई आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनु भने अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अन्तरिम आदेशको आधारमा नै उनीहरूलाई फाराम भर्नका लागि बोलाइएको ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए ।

‘अदालतले सुरज पाठकसहित १८ जनालाई फाराम भर्न दिन भनेको छ । त्यसैले उनीहरूलाई मात्र दिइएको हो । अरूको हकमा अहिले केही पनि हुँदैन’ उनले भने ।

ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना जारी गरेर उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको थियो । जसमा सन् २०२३ भित्र अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरूले उत्पादनमूलक क्षेत्रमा फर्म भर्न नपाउने उल्लेख गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid