May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

निर्वाचनकालागि अधिकृतको कार्यालय स्थापना गरिने

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:१९
निर्वाचनकालागि अधिकृतको कार्यालय स्थापना गरिने
  • आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका निम्ति
  • पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै
  • कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था

काठमाडौं ।।

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका निम्ति नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागु हुने गरी बिहीबार निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको थियो ।

ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आयोगले कोसी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशमा धनुषाका नारायणप्रसाद सुवेदी, वाग्मती प्रदेशमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा दाङका कृपासुर कार्की, कर्णाली प्रदेशमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम  प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याललाई नियुक्त गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम छ । राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिँदै छ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।