May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० 0८:१२
उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा

काठमाडौँ । परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको हो ।

‘बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव केशव अर्यालको खातामा अढाई करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यस विषयमा अनुसन्धान थालिएको छ’, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो ।

अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि यसमा चासो राखेर अनुसन्धान थालेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० 0८:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।