काठमाडौं ।।
काठमाडौं । चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१, सिमपानीका ६१ वर्षीय गणेश थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति करिब ११ बजे भरतपुर महानगरपालिका-१२, मिलनचोकमा बा.प्र.०३-००१ज ४५८ नम्बरको भ्यानले पैदलयात्री उनलाई ठक्कर दिएको थियो ।
उनी भरतपुर-११, घोलबजारमा बस्दै आएका थिए । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । सो भ्यान नियन्त्रणमा लिइएको र चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।