April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान

भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण, कालोपट्टी बाँधेर मैदानमा खेल्दै

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:३९
भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण, कालोपट्टी बाँधेर मैदानमा खेल्दै

काठमाडौं ,कात्र्तिक १९। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।

भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् । यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ । ओमानविरद्धको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय गर्दै ओमानलाई बलिङको निम्तो दिएका हुन् । नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।