April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३४
नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक
  • ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक
  • आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास
  • नेपथ्यको एघारौँ एल्बमका लागि तयारी

काठमाडौं ।।

लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ ।

ब्यान्डको गीतको मुखडाले भन्छ–

‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिनँ’

सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ । गीतको प्रसंग झन्डै छ वर्षअघि सुरु भएको नेपथ्यका मुख्य गायक अमृत गुरुङ सुनाउँछन् । “म पचास वर्ष पुगेको बेला तनहुँका अनील अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो,” उनले भने, “त्यो परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ ।”

नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यो गीतको बीचमा मन्त्रपाठको भावना पनि समेटेका छन् । गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन् । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेशम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो । ‘पचासै वर्षमा’को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ । नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट