ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृत्यु हुनेमा दैलेख घर भएका सुदन राउत रहेका छन्। घाइते अवस्थामा किस्ट अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको दाबि गरेका छन्
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा आन्दोलन भएको थियो । सो आन्दोलनमा प्रदर्शनकारीले यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी समेत गरेका थिए।