April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

खाेटाङ : तोकिएभन्दा बढी भाडा लिने चार सुमाे चालक कारबाहीमा

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १0:४१
खाेटाङ : तोकिएभन्दा बढी भाडा लिने चार सुमाे चालक कारबाहीमा

खाेटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले बताउनु भयाे ।

दिक्तेल–काठमाण्डाै तथा काठमाण्डाै–दिक्तेलको एकतर्फी भाडा दुई हजार १० रुपैयाँ निर्धारण गरिएको भए पनि सुमो चालक तथा सञ्चालकले दुई हजार २०० देखि तीन हजार ५०० सम्म बढी भाडा लिएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी निर्धारित भाडा दरमा एक हजार ४९० रुपैयाँ बढी भाडा लिएको यात्रुको गुनासो छ ।

अभियान शुरु गरेको दुई दिनमै चार वटै सुमोलाई कारबाही स्वरुप आउँदाे दिनमा गल्ती नदोहोर्याउने सर्तमा तीन/तीन हजार जरिबाना गरेर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पौडेलले बताउनु भयाे ।

सुमो चालकले यात्रुबाट निर्धारण गरिएकोभन्दा झण्डै दोब्बर बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले असोज २६ गतेदेखि विशेष सवारी जाँच अभियान शुरु गरेको हो ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट