April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

चावहिलबाट १ पुरुष ‘अपहरण’ गरेर बन्धक बनाएको खुलाशा

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:१७
चावहिलबाट १ पुरुष ‘अपहरण’ गरेर बन्धक बनाएको खुलाशा
  • हिस्सीखायाँ तामाङ ‘अपहरण’ मा परेको खुलाशा 
  • अपहरणमा संलग्न आरोपमा चारजना नियन्त्रणमा
  • पक्राउ परेकामाथि थप अनुसन्धान जारी

काठमाडौं ।।

काठमाडौंको चावहिलबाट रसुवाका हिस्सीखायाँ तामाङ ‘अपहरण’ मा परेको खुलेको छ । एक महिनाअघि नै उनले आफू अपहरणमा परेको उजुरी दिएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।अनुसन्धानका क्रममा उनी अपहरणमा परेको खुलेको प्रहरीले जनाएको छ । शनिबार र आइतबार (हिजो र आज) गरी प्रहरीले तामाङको अपहरणमा संलग्न आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ ।

चार युवाले तामाङलाई आफूहरू प्रहरी भएको भन्दै चाबेलबाट काठमाडौंकै गागलफेदीको एक रेस्टुरेन्टमा पुर्‍याएर बन्धक बनाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई बन्धक बनाएर १३ लाख ५० हजार रुपैयाँ फिरौती लिइएको थियो । तामाङले चिनियाँ नाका रसुवा क्षेत्रमा दोभासेको काम गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट