May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

खेल चलिरहँदा टेनिस कोर्टमा विषालु सर्प आएपछि…..

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:३१
खेल चलिरहँदा टेनिस कोर्टमा विषालु सर्प आएपछि…..
  • टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि…
  • खेल करिब ४० मिनेट रोकियो
  • त्यसपछि खेल प्रभावित बन्यो

काठमाडौं ।।

अस्ट्रेलियाको ब्रिसबेनमा टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि खेल करिब ४० मिनेट रोकिएको छ । ब्रिसबेनमा जारी ब्रिसबेन अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताका दौरान डोमिनिक थिएम र जेम्स म्याकाबबीचको खेल चलिरहँदा कोर्टमा सर्प देखिएको हो । त्यसपछि खेल प्रभावित बन्यो । यूएस ओपन पूर्वच्याम्पियन समेत रहेका थिएम सर्प देखिँदा म्याकाबसँग एक सेटले पछाडि थिए ।

“मलाई पशुपक्षीहरू निकै मन पर्छ, विशेष गरी विदेशी,” खेलपछि थिएमले भने, “उनीहरूले मलाई सर्प निकै विषालु र बल बोक्ने बालबालिकाहरू नजिक रहेको बताए । यसले पनि अवस्था निकै खतरनाक रहेको देखाउँछ । यो त्यस्तो घटनामध्येमा पर्छ, जुन मेरो जीवनमा हालसम्म भएको थिएन । म यसलाई कहिल्यै भुल्ने छैन ।” करिब ४० मिनेट अवरुद्ध बनेको खेल थिएमले २–६, ७–६ (७–४) र ६–४ ले आफ्नो पक्षमा पारेका थिए । जितसँगै थिएम छनोटको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।