November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जबरजस्ती ट्याक्सीमा कोचि जंगल लगि, होटेल पुर्याएर साढे १३ लाख लुटेर भागे !

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:५३
जबरजस्ती ट्याक्सीमा कोचि जंगल लगि, होटेल पुर्याएर साढे १३ लाख लुटेर भागे !
  • पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गर्यो 
  • बन्धक बनाएर बैंक खाताको पैसा लुटियो 
  • घटनामा संलग्नलाई बौद्धबाट पक्राउ गरियो 

काठमाडौं ।।

बन्धक बनाएर बैंक खाताको पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सैगात तामाङ र ३८ वर्षीय बिरे तामाङ रहेका छन् । उनीहरू सबै सिन्धुपाल्चोकका हुन् ।

प्रहरीका अनुसार उनीहरूले गएको मंसिर १० गते दिउँसो करिब ३ बजेतिर काठमाडौंस्थित चाबहिलबाट हिस्सी थाया तामाङलाई बल प्रयोग गरेर जबरजस्ती ट्याक्सीमा चढाएका थिए । त्यसपछि उनीहरूले जंगलमा लगेर धम्की दिए । धक्कीपछि उनीहरूले तामाङलाई रातभर गागलफेदीको होटलमा राखिएको थियो ।

पुस ११ गते उनीहरूले तामाङको बैंक खाताबाट १३ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । पैसा लिइसकेपछि उनलाई छाडिदिएका थिए ।सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्