April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

‘ए मेरो हजुर ५’ ल्याउदै झरना थापा

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १३:१४
‘ए मेरो हजुर ५’ ल्याउदै झरना थापा

काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ५’ निर्माण हुने भएको छ । निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म घोषणा गरेकी हुन् । उनले समाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेकी हुन् । ‘ए मेरो हजुर’ को यस अगाडि ४ सिक्वेलसम्म निर्माण भैसकेको छ । झरना निर्देशित गत भदौमा ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएको थियो ।

यो फिल्मको असफलतापछि केही समय चुप बसेकी झरनाले अहिले फेरि नयाँ फिल्म घोषणा गरेकी हुन् । उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।

पाँचौं श्रृंखलालाई पनि उनले नै निर्देशन गर्नेछिन् । फिल्ममा उनकै छोरी तथा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा प्रस्तुत हुने चर्चा छ ।

मुख्य अभिनेतामा भने झरनाको पहिलो रोजाईमा अनमोल केसी हुनेछन् । किनभने यसको अघिल्लो सिक्वेलमा अनमोल र सुहानाको जोडी थियो ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट