May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज राति नेपाल आउँदै

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:३३
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज राति नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका लागि आज राति काठमाडौं आउँदै छन्। उनी राति १ बजे कतार एयरवेजको विमानमार्फत् काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव गुटेरेसलाई उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्ने कार्यक्रम छ ।

आगामी ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको तयारीका लागि महासचिव गुटेरेसले नेपाल भ्रमण गर्न लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघ महासचिवको कार्यालयले जलवायु परिवर्तनको चपेटामा परेको नेपालप्रति ऐक्यबद्धता जनाउनु भ्रमणको उद्धेश्य रहेको उल्लेख गर्दै गुटेरेसले प्रभावित समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको जनाएको छ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघ महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

गुटेरेसको भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने प्रधानमन्त्री दाहालले बताए । विज्ञहरुले पनि राष्ट्रसंघ महासचिवको भ्रमणलाई नेपालले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

महासचिव गुटेरेसले भोलि दिउँसो परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नेछन्। महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुनेछन्।

कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरबारे बुझ्न सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ। त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि गुटेरेस पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ। कात्तिक १४ गते मंगलबार गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्। गुटेरेस त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन्।

लुम्बिनीबाट काठमाडौं फर्केर कात्तिक १४ गते साँझ संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन्। कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चार दिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ। उनी नेपालबाट लण्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।