May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

पक्राउ परेका पहिचानवादी नेताको रिहाईको माग राख्दै मेची राजमार्ग बन्द

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० ११:१९
पक्राउ परेका पहिचानवादी नेताको रिहाईको माग राख्दै मेची राजमार्ग बन्द

पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाईको माग गदैं प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण पूर्वी मेची राजमार्ग ठप्प भएको छ ।

संयुक्त संघर्ष समितिको आव्हानमा बन्दका कारण इलामसहित ताप्लेजुङ,पाँचथरका मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प हुन पुगेको छ ।बन्दका कारण मेची राजमार्गमा सञ्चालन हुने सबै किसिमका सवारी साधन ताप्लेजुङबाट नछुटेका यातायात व्यवसायीले जनाएका छन् ।

मेची राजमार्गमा यातायात बन्द आह्वानले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका छन् । बुधवारका लागि टिकट बुकिङ गरेका यात्रुले गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमा रोकिएका छन् ।

बिहीबारका लागि पनि यातायात सञ्चालन हुने नहुनेमा निश्चित नरहेको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा यातायात प्रालिका काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिए । उनले मेची राजमार्ग बाहेकका स्थानीय तथा अन्य सडकमा भने सवारी साधन सञ्चालनमा रहेको बताए । संयुक्त सङ्घर्ष समितिले मङ्गलबार नै विज्ञप्ति प्रकाशित गरी बुधवार र बिहीबार दुई दिन मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।