sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुस्ताङका किसानलाई याक वितरण

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:१५
मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो ।

सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मङ्गलबार पोखरामा भएको कार्यक्रममा मुस्ताङका प्रदेशसभा सदस्य विकल शेरचन र नाम्दु गुरुङलाई हस्तान्तरण गरे |

कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीका निजी सचिव डिल्लीराम रेग्मीले सोलुखुम्बुबाट ल्याइएका १९ मध्ये नौ मनाङका किसान समूह र समितिलाई दिइने जानकारी दिए । “एकै ठाउँको याकबाट धेरै वर्ष प्रजनन क्रिया हुँदा हाडनाताको समस्या हुने भएकाले सोलुखुम्बुबाट ल्याएर चौँरीपालक किसान, समूह र सहकारीलाई वितरण गरिएको हो”, उनले भने, “नश्ल सुधार भई चौँरीपालक किसानलाई लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताए। गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक चौँरीपालन हुने गरेको छ । म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौँरीपालन गरिएको छ ।

यातायात सुविधा नभएको ठाउँमा याकलाई भारी बोकाउन र मासुका लागि प्रयोग गरिन्छ । चौँरीको दूध, घिउ र छुर्पी बिक्री हुन्छ । याक चौँरीको आलो रगत निकालेरसमेत बिक्री गरिन्छ । मुस्ताङ र म्याग्दीमा साउन र चैतमा चौँरीको रगत पिउने मेला लाग्छ । धार्मिक कार्यमा प्रयोग हुने याकचौँरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ ।

मुस्ताङमा झण्डै चार हजार याकचौँरी रहेको हिमालयन चौरीपालन तथा संरक्षण समितिले जनाएको छ । थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यावसायिकरूपमा एक हजार पाँच सयभन्दा बढी याकचौँरी पालेका छन् ।

घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी आठ घरधुरीले करिब पाँच सय याकचौँरी पालेका छन् । बर्खामा हिमालको फेदी र लेकाली क्षेत्रमा लगिएका याकचौँरीको गोठ चिसो याममा बेँसी झारिएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid