March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च सुनको मूल्यमा नयाँ कीर्तिमान ; कति पुग्यो तोलाको ? दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध राष्ट्रिय सभाको बैठक बस्दै डाक्टर प्रतिभा मृत भेटिइन् बर्षाले रद्द भएको नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा , कहिलेबाट सुधार आउला मौसममा ? कानेपोखरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक

स्ववियु : सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका यादव निर्वाचित

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:४८
स्ववियु : सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका यादव निर्वाचित

इनरुवा । सुनसरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा समाजवादी विद्यार्थी युनियनका देवकुमार यादव निर्वाचित भएको छ ।

आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामसहित कूल ४७१ खसेको मतमध्ये यादवले २६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएको हो ।

निकटतम प्रतिद्वन्दी नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार नन्दन गुप्ताले १९९ मत प्राप्त गरे ।

यस क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी संघ र प्राज्ञिक विद्यार्थी समूहको तालमेल थियो ।

यस्तै, सचिवमा अनेरास्ववियुका दिब्सन कार्की निर्वाचित भएको छ । कार्कीले २३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेविसंघका उम्मेदवार सुदीप कुमार मेहताले २१८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा लोकतान्त्रिक विद्यार्थी संघकी आरती मेहताले २२४ मत प्राप्त गर्दै निर्वाचित भइन् । निकटतम प्रतिद्वन्दी नेविसंघकी उम्मेदवार अनुकुमारी मण्डलले १७७ मत प्राप्त गरिन् ।

त्यस्तै, सदस्यहरूमा अखिल क्रान्तिकारीका सन्तोष मण्डल, अरुण महतो निर्वाचित भए भने अनेरास्ववियुकी मन्दिरा काफ्ले, प्राज्ञिक विद्यार्थी समूहकी सुस्मिता कुमारी उराँव र नेविसंघका नीरज शर्मा निर्वाचित भएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट