May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

४५ किलो गाँजासहित विराटनगरबाट एक जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:१९
४५ किलो गाँजासहित विराटनगरबाट एक जना पक्राउ

प्रहरीले विराटनगरबाट ४५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहानका राति गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा विराटनगर महानगरपालिका–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार भारततर्फ कटाउनलाई खेतमा भण्डारण गरेर राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो ।

विराटनगर–१८ झटियाईस्थित मुसहरी टोलको नयाँ बस्तीबाट गाँजा बरामद भएको दाहालले बताए । उनका अनुसार प्लाष्टिकमा प्याक गरी खेतमा परालले छोपेर राखेको बेवारिसे अवस्थामा गाँजा फेला परेको थियो । त्यसलगत्तै यादव पक्राउ परेका हुन् ।खेतमा गाँजा लुकाएर राखेको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट