May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी, बचतकर्ताहरूको करोडौँ रकम हिनामिना

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १३:३७
झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी, बचतकर्ताहरूको करोडौँ रकम हिनामिना

झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको हो । पहिलो पाइला बहुउद्देश्यीय सहकारीका अध्यक्ष सनिप भुजेल महिनौँदेखि फरार छन् ।

त्यस सहकारीले करिब ३ करोड रुपैयाँ बचत फिर्ता गर्न देखिएको कोशी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले बताए ।

त्यस्तै समाजसेवी बहुउद्देश्यीयले २ करोडभन्दा बढी र जयपुर बहुउद्देश्यीयले १ करोडको हाराहारीमा बचत फिर्ता गर्न बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै पूर्वार्ध कृषि सहकारी संस्थाले प्रदेश सरकार र प्याक्टबाट ल्याएको १ करोडभन्दा बढी अनुदान रकम दुरुपयोग गरेको जनाइएको छ । दमकको संयुक्त कलाकर्मी साकोसमा भएको अनियमितताका सम्बन्धमा छानबिन गरी त्यसको प्रतिवेदन दमक नगरपालिकामा पठाइएको जिल्ला सहकारी संघ झापाले जनाएको छ ।

उजुरी परेका अन्य सहकारीमाथि पनि छानबिन भइरहेको कोशी प्रदेश सहकारी संघका सचिव दंगालले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।