sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १३:३६
राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन खर्चबापत साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन ऐन तथा निर्वाचन नियमावलीअनुसार उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेकाे निर्वाचन आयोगले जनाएकाे छ।

‘राष्ट्रियसभाका उम्मेदवारले निर्वाचन ऐन २०७५को दफा ६५ तथा राष्ट्रियसभा निर्वाचन नियमावली २०७६को नियम २४ (१)सँग सम्बन्धित अनुसूची- १ले रु.३५००००सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ’, विज्ञप्तिमा भनिएको छ।

उम्मेदवारले उक्त खर्चमा मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामाग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनलगायत गर्न सक्नेछन्।

त्यसैगरी आयोगले उम्मेदवारहरुलाई खर्च गर्दा बैंक तथा वित्तिय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकि निजको नामेसीसहितको विवरण निर्वाचन अधिकृतिको कार्यालय वा निर्वाचन कार्यलयमा पेस गर्न समेत निर्देशन दिएको छ।

राष्ट्रियसभाका १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid