April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु ,दुई कर्मचारी घाइते

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १६:0९
बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु ,दुई कर्मचारी घाइते

डिलाशैनी गाउँपालिका–७ धामी गाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो ।

त्यस्तै, कोदालो प्रहारबाट दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् । बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार किसनले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए ।

त्यसलगत्तै उनकै घरमा डेरा गरी बस्दै आएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए । दुई घाइतेका थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । किसनले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।