July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

महानगरको स्वीकृति बिना सडकमा सामग्री राख्न नपाइने

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १५:४९
महानगरको स्वीकृति बिना सडकमा सामग्री राख्न नपाइने
  • महानगरपालिको स्वीकृतिमा  मात्र  सडकमा निर्माण सामग्री राख्न पाइने
  • आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो प्रावधान ल्यायो 
  • आवागमनमा बाधा नपर्ने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने
  • भनेको नमाने ५ हजारका दरले जरिवाना गरी त्यस्ता सामान
  • समेत जफत गर्ने आर्थिक ऐनमा  छ

काठमाडौं ।।

काठमाडौं महानगरपालिका भित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको छ ।

आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो प्रावधान ल्याएको हो । महानगरपालिकाले भवन निर्माण गर्दा सार्वजनिक आवागमनमा बाधा नपर्ने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताएको छ ।

निर्माण सामाग्री व्यवस्थापन गर्न अन्य विकल्प नभएमा भवनको भुँई तल्लासम्म निर्माण गर्न आवश्यक पर्ने निमार्ण सामग्री सार्वजनिक आवागमनमा असर नगर्ने गरी राख्नका लागि सम्वन्धित वडा कार्यालयवाट अग्रीम लिखित स्वीकृति लिनुपर्ने भएको छ ।

वडा कार्यालयवाट प्रदान गरिएको समयसीमा भित्र निर्माण सामग्री उठाई नलगेमा सम्बन्धित घरधनीलाई वडा कार्यालयले दैनिक ५ हजारका दरले जरिवाना गरी त्यस्ता सामान समेत जफत गर्ने आर्थिक ऐनमा उल्लेख छ ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्