April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

‘कमेडी नाइट्स विथ च्याम्पियन्स’को बोर्ड मेम्बरमा दीपाश्री

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० ११:३0
‘कमेडी नाइट्स विथ च्याम्पियन्स’को बोर्ड मेम्बरमा दीपाश्री

काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’मा दीपाश्री निरौला अध्यक्षको रूपमा रहँदै आएकी थिइन् । अहिले भने उनी बोर्ड मेम्बरको रूपमा भित्रिएकी छन् । कार्यक्रमका निर्माता तथा निर्देशक विशाल भण्डारीले दीपाश्री बोर्ड मेम्बरको रूपमा भित्रिएको जानकारी दिएका हुन् ।

बिशालले दीपाश्रीसँगको एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘ ‘हुन त हामी दिपाश्री निरौला दिदीसँग व्यावसायिक रूपमा जोडिएका थियौँ । तर साथ, सुख, दुःखको भयो । अबको यात्रा झन् गज्जब हुने आशाको साथ दिदीलाई कमेडी नाइट विद च्याम्पियन्समा स्वागत गर्न पाउँदा टिम अत्यन्त खुसी छौं । यात्रा अझै सुखद हुने विश्वास छ ।’

यसअघि टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । अहिले यो कार्यक्रम बन्द छ । रियालटी शो ‘कमेडी च्याम्पियन सिजन ३’को लागि यो बन्द गरिएको हो । थ्रि प्रोडक्सनको व्यानरमा निर्माण हुने कार्यक्रममा ‘कमेडी क्लब विथ च्याम्पियन्स’ पनि छिट्टै ल्याउने तयारीमा निर्देशक भण्डारी छन् ।

‘कमेडी च्याम्पियन सिजन ३’ भने कान्तिपुर टेलिभिजनमा अगामी फागुन ३ गतेबाट प्रसारणमा आउँदै छ । ‘कमेडी च्याम्पियन सिजन–३’ का लागि डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको छ । सात सयबाट १३२ जनालाई प्रि–जजिङका लागि बोलाइएको थियो ।

शोजको निर्देशन विशाल भण्डारीले गर्नेछन् । रीमा विश्वकर्मा र मेक्सम गौंडेल होस्ट रहने शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।