May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

अब सर्वसाधारणले सरलरुपमा न्याय पाउँछन् : प्रस्तावित न्यायाधीश सुवेदी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:२५
अब सर्वसाधारणले सरलरुपमा न्याय पाउँछन् : प्रस्तावित न्यायाधीश सुवेदी
  • सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउने 
  • ७ हजार भन्दा बढी मुद्दामा न्याय सम्पादन गरेको अनुभव
  • उच्च अदालतहरमा १४ वर्षभन्दा बढी न्याय हेरेकोले काम गर्न सक्ने अठोट 

काठमाडौं ।।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुती राख्ने क्रममा सुवेदीले आफूले २१ वर्ष वकालत गर्ने क्रममा सर्वसाधारण मानिसको घर परिवार र समाजमा मुद्दाको उठान कसरी हुन्छ ? न्यायप्राप्ति गर्न उनीहरुलाई कस्तो कठिनाइ पर्छ ?

अड्डा अदालतमा कस्तो जटिलता भोग्नुपर्छ र अदालतबाट अन्तिम भएको फैसलाको प्रत्याभूति कसरी प्राप्त गर्छन् भन्ने अनुभूति गरेको बताइन् । उनले अघि भनिन्, ‘मेरो पहिलो प्रतिवद्धता र पहल सर्वसाधारणको न्याय सम्बोधन सकेसम्म सरल र सुलभ तवरले गर्ने गराउने हुन्छ ।’ उच्च अदालतहरमा १४ वर्षभन्दा बढी न्याय सम्पादन गर्दा कार्यबोझ भएका अदालतहरुमा रहेर ७ हजार भन्दा बढी मुद्दामा न्याय सम्पादन गरेको अनुभवले सर्वोच्चमा पनि चुस्त दुरुस्त रुपमा न्याय सम्पादन गर्ने उनको प्रतिबद्धता छ ।

न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्ने भन्दै उनले मुद्दा र इजलासको समयमा सक्रिय पहल र सहभागिता जनाउने बताएकी छिन् । न्यायिक सुधारमा अथक प्रयास गर्दै भन्दै सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सुवेदीले भनेकी छन्, ‘नागरिकको मौलिक हकको संरक्षण सम्वर्धन, महिला बालबालिका, जेष्ठ नागरिक लगायतका विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरुसँग सम्बन्धित संवेदनशील विषयका विवादलाई छिटो छरितो रुपमा निरुपण गरी न्यायको प्रत्याभूति दिने कार्यमा मेरो विशेष पहल हुनेछ ।’

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।