April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो

कोशी प्रदेशमा नेपाली काँग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने माओवादी केन्द्रको चेतावनी

  • साझा परिवेश
  • शुक्रबार, माघ १२, २०८० १२:४३
कोशी प्रदेशमा नेपाली काँग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने माओवादी केन्द्रको चेतावनी

माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा नेपाली काँग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने चेतावनी दिएका छन् ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।

‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको छ’ नेम्बाङले भने, ‘कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाउनुपर्यो, अहिले पनि हाम्रा उम्मेदवार पराजित भए ।’ अब पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्ने अवस्था आएको उनको भनाइ छ ।

नेम्बाङले गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला बिजयी भएर माओवादीका उम्मेदवार पराजित हुनुलाई योजनाबद्ध राजनीतिक बेइमानी भनेका छन् । कोशी प्रदेश सरकार निर्माणमा जसले इन्द्रबहादुर आङ्बोलाई छेक्न षड्यन्त्र गर्यो, अहिले त्यहि पक्षले बेइमानी गरेको उनको आरोप छ ।

राष्ट्रियसभा निर्वाचमा सत्तारुढ गठबन्धनमा रहेका तीन सांसद र स्थानीय तहका १३ प्रतिनिधिले कार्कीको साटो एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गरेको पाइएको छ । कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गरिन् । जबकि सत्ता गठबन्धनको मतभार एमाले गठबन्धनको भन्दा झण्डै ८०० ले बढि थियो ।

राष्ट्रियसभाको अन्य कोटातर्फ भने काँग्रेसका कृष्णप्रसाद सिटौला बिजयी भए । प्रदेशसभा सदस्यतर्फ सिटौला ४५ जनाको र स्थानीय तहतर्फ १५३ जनाको मत पाए । उनले ५२९२ मत प्राप्त गर्दा एमालेको समर्थन पाएका राप्रपाका उम्मेदवार उद्धब पौडेलले ४५६२ मत पाए ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १२, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।