May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

वैशाख १३ देखि इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:१९
वैशाख १३ देखि इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले १३ वैशाखदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई निष्कासनमा ल्याएको थियो ।
जसमध्ये २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ९३ हजार १६० कित्ता सेयर बिक्री नभएको भएको थिएन ।

कम्पनीले सर्वसाधारण्को लागि छुट्याएको जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख कित्ता सेयर मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुने १ लाख २० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरेको छ ।

यस्तै कम्पनीले २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको जनाएको छ । सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका, कर्मचारी र सामूहिक लगानी कोषलाई बाँडफाँट पछि बाँकी रहेको ९ लाख ९६ हजार कित्ता र स्थानीयलाई निष्कासन गरी बिक्री नभएको सेयर समेत १२ लाख ६८ हजार ६३९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा १७ वैशाखसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद २७ वैशाखसम्म थप हुनेछ । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओमा १७ वैशाखसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरको सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले ताप्लेजुङमा ९.७ मेगावाटको इङवा खोला साना जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।