May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

प्रधानमन्त्री दहाललाई सांसद तोसिमाको पत्र

  • Rashila Bhandari
  • मङ्लबार, माघ २३, २०८० १८:५२
प्रधानमन्त्री दहाललाई सांसद तोसिमाको पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएकी छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न भन्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेकी हुन ।
मंगलबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पत्र लेख्दै उनले बारम्बार हुने गरेका बन्द, हड्तालका कारण उक्त प्रतिष्ठान क्षयीकरणको क्रममा रहेको र यो देशकै लागि दुखद र नोक्सानको विषय भएको बताएकी छन् ।

२०५० सालमा धरानमा स्थापित प्रतिष्ठान नेपालको एक अग्रणी स्वास्थ्य संस्था र पूर्वी भेगको एक विशिष्टकृत रिफरल अस्पतालको रुपमा रहँदै आएको छ । उनले भनेकी छिन् ‘तर बारम्बार हुने गरेका बन्द, हड्ताल जस्ता विषम परिस्थितिले देशको स्वास्थ्य र मेडिकल शिक्षाको मेरुदण्ड मध्येको एकको रूपमा स्थापित प्रतिष्ठान आज क्षयीकरणको क्रममा छ, जुन सिंगो देशकै लागि दुःखद र नोक्सानको विषय हो,’ ।

प्रतिष्ठानको विकास र विस्तारमा योगदान गरेका शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवा लामो समयदेखि रोकिएकाले उनीहरुमा उत्प्रेरणा र ऊर्जा हराउँदै गएको डा। कार्कीले बताएकी छन् । पटक पटक आन्दोलन र सम्झौता हुने तर समस्या समाधान नभएको भन्द उनले गत भदौ १३ देखि २४ गतेसम्म र असोज २२ देखि कात्तिक २० गतेसम्म चरणबद्ध रूपमा भएका शिक्षकहरुको आन्दोलनले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको जानकारी गराएकी छन् ।

  • Rashila Bhandari
  • मङ्लबार, माघ २३, २०८० १८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।