May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० 0८:२६
वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ ।

ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । रेड च्यानलबाट निकाल्दा सामान अनुसारको राजस्व तिर्नुपर्ने र विभिन्न कागजातहरू समेत आवश्यक पर्ने भएकोले राजस्व पनि खासै तिर्न नपर्ने र सहज किसिमले निकाल्न मिल्ने ग्रीन र यल्लो च्यानलबाट निकाल्न व्यापारीहरूले विभिन्न सेटिङ गरी योजना बनाइरहेको स्रोतको दाबी छ । भन्सार विभागले पनि वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका सुपारी, रक्सी, छोकडा र मरिच भएको अनुमान गर्दै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाएको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले वीरगञ्ज नाकामा राजस्व छलीका मालसामान रहेको सूचना प्राप्त भएकाले अनुसन्धान गर्न छानबिन टोली बनाइएको जानकारी दिए । महानिर्देशक पौडेलका अनुसार विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा रहेका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन दिएको सात दिनको समय सोमबार सकिँदैछ ।

विभागका महानिर्देशक पौडेलले भने, ‘सोमबारसम्म कसैले सामान घोषणा गरी प्रक्रियामा नआए त्यहाँ रहेका सामानहरू जफत प्रक्रिया थाल्नेछौं ।’ उनले वीरगञ्ज भन्सारमा ठुलो परिमाणमा तस्करीको सामानहरू रहेको जानकारी आए पनि ती सामानहरू के कति परिमाणमा छन् भन्ने सम्बन्धमा यकिन नभएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० 0८:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।