sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो– ‘नेपालको बाह्य स्थिति सुधारात्मक’

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:१८
अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो– ‘नेपालको बाह्य स्थिति सुधारात्मक’

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुधारात्मक रहेको जनाएको छ । बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा बृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको बाह्य स्थिति सुदृढ बन्द गएको पाइएको कोषको निष्कर्ष छ ।

कोषले कमजोर आन्तरिक माग र विदेश पलायनका बावजुद न्यून ऋण वृद्धिका कारण नेपालले तत्कालको आर्थिक वृद्धिलाई निरन्तरता दिन सक्ने जनाएको छ ।

कोषका तर्फबाट हालै नेपालको भ्रमण गरेर फर्किएका डिभिजन उपप्रमुख एवम् मिसन प्रमुख टिडियान किण्डाले विज्ञप्ति जारी गर्दै नेपालको समग्र अवस्थाको अध्ययन र विश्लेषण गर्दा बाह्य स्थिति सुधारात्मक रहेको बताएका हुन् ।

उनले सरकारले गर्न लागेको आगामी लगानी शिखर सम्मेलनले नेपालको आर्थिक क्षमता देखाउन अवसर प्रदान गर्ने बताएका छन् ।
‘लगानीको वातावरणलाई दिगोरुपमा सुधार गर्न नेपालले शिखर सम्मेलनको पूर्ण फाइदा उठाउन सक्नेछ, भविष्यमा बलियो वृद्धिको मार्ग प्रशस्त गर्न सक्छ,’ उनले भनेका छन्, ‘लगानी सम्मेलनले नेपालको आर्थिक क्षमता देखाउन अवसर प्रदान गर्नेछ ।’

किण्डाको नेतृत्वमा कोषका कर्मचारीहरूको एक टोलीले फेब्रुवरी ५ देखि १२ सम्म नेपालको भ्रमण गरेको थियो । भ्रमणका क्रममा उनीहरूले अर्थमन्त्री प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

त्यसक्रममा आइएमएफले निजी क्षेत्र र विकास साझेदार निकायका प्रतिनिधिहरूसँग समेत भेटवार्ता गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid