July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

फराकिलो काठमाण्डौ बनाउने बाटोमा छौँ : बालेन शाह

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:२४
फराकिलो काठमाण्डौ बनाउने बाटोमा छौँ : बालेन शाह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूहरू फराकिलो काठमाण्डाै बनाउने बाटोमा रहेको बताएका छन् ।

काठमाण्डाैको खुलामञ्चमा खेलमैदान बनाउन लागिएको भन्ने समाचारको खण्डन गर्दै उनले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन् । उनले आफूहरूको चाहना खुलामञ्चसँगै टुँडिखेल पनि सधैँ खुला नै हुनुपर्ने रहेको बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन : ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।’ आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका झण्डै १० लाख किलो कङ्क्रिट हटाउने काम सकाएको उनको भनाइ छ ।

मेयर शाहले खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रिया अघि बढिरहेको भन्दै त्यहाँ सबै जना जान पाउने, व्यायाम गर्न पाउने, साथीभाई भेटघाट गर्न पाउने व्यवस्था हुने बताए ।

उनले फेसबुक स्टाटसमा ‘खुलामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन’ भनेर लेखिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्