December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:४७
न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा
  • न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा
  • दिनमणि पोखरेल र डिएन पराजुली मध्ये १ जना न्यायाधीश नियुक्त गर्ने 
  • रेशम चौधरी रिहाइमा पोखरेलले कानुन विपरित काम गरेको आरोप

काठमाडौं।।

सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा गरिएको छ। प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भागबण्डा गरेर न्यायाधीश नियुक्ती गर्ने तयारी गरेका हुन्। स्रोतका अनुसार नेपाली कांग्रेसबाट डा. विजय मिश्र, नेकपा एमालेबाट रमेश बडाल र माओवादी केन्द्रबाट महान्यायाधीवक्ता दिनमणि पोखरेल र डिएन पराजुली मध्ये एक जना न्यायाधीश नियुक्त गर्ने सहमति भएको हो। कांग्रेस कोटमा परेका डा. मिश्र नेपाल बारका पूर्व महासचिव हुन्। यसैगरी एमाले कोटामा परेका बडाल पूर्व महान्यायाधीवक्ता हुन्।

स्रोतका अनुसार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधीवक्ता दिनमणि पोखरेललाई न्यायाधीश बनाउन दबाव दिएका छन्। पोखरेल रेशम चौधरी जेलमुक्ति प्रकरणमा विवादित बनेका छन्। रेशम चौधरी रिहाइमा पोखरेलले कानुन विपरित काम गरेको आरोप लागेको छ। पोरखेलको नाममा सहमति बन्न नसके माओवादी कोटाबाट डिएन पराजुलीलाई अघि सार्ने तयारी भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कानुनमन्त्री धनराज गुरुङलाई बोलाएर महान्यायाधीवक्ता पोखरेलले भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई पक्राउ गर्न भूमिका खेलेको भन्दै उनलाई न्यायाधीश सिफारिस नगर्न भनेका छन्।

स्रोतका अनुसार सभापति देउवाले कानुनमन्त्री गुरुङलाई बोलाएरै महान्यायाधीवक्ता पोखरेल सर्वोच्चको न्यायाधीश बन्न लागेको आफूले सुनेको भन्दै उनको नाम सिफारिस नगर्न भनेका हुन्। देउवाले नेता खाणलाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एआईजी श्याम ज्ञवाली र महान्यायाधीवक्ता पोखरेलले भूमिका खेलेको भन्दै पोखरेलको नाम सिफारिस नगर्न भनेका हुन्। पराजुली यसअघि पनि अघिल्लो वर्षको भदाैमा सिफासिमा परेका थिए। तर, तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सकिएको र त्यसपछि निर्वाचित प्रतिनिधिसभामा संसदीय सुनुवाइ समिति गठन नभएका कारण संसदीय सुनुवाइ हुन नसकपछि उनी नियुक्त हुन सकेका थिएनन्।

त्यसबाहेक अन्य चार जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चाम नियुक्तीको लागि सिफारिस गर्ने तयारी गरिएको छ। आइतबारदेखि न्यायाधीश नियुक्तीका विषयमा न्यायपरिषद सदस्यहरुबीच सघन छलफल भएको थियो। सम्भवत आज साँझसम्म न्यायाधीश नियुक्तीको सिफारिस हुन सक्ने बताइएको छ। सर्वोच्च अदालतमा प्रधान्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जनामात्र न्यायाधीश छन्। ७ जनाको दरबन्दी रिक्त छ। सर्वोच्चमा न्यायाधीश नियुक्तीको लागि उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु, उच्च अदालत जनकपुरकी कामु मुख्य न्यायाधीश सारंगा सुवेदीको नाम सिफारिस गर्ने तयारी भएको छ। यसैगरी उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश माधवप्रसाद पोखरेललाई सर्वोच्चको न्यायाधीश नियुक्तीको लागि सिफारिस गर्ने तयारी भएको स्रोतले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।