April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पर्यटकहरूले २५ हजार बढी भारु बोकेर नेपाल छिर्न नदिने कानुन संशोधन होस्: सांसद शर्मा

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १३, २०८० १६:२४
पर्यटकहरूले २५ हजार बढी भारु बोकेर नेपाल छिर्न नदिने कानुन संशोधन होस्: सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पर्यटकहरूले २५ हजार भन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानुन तत्काल संशोधन गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गत फागुन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार आइसी ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजार भारतीय रकम भन्दा बढी बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गरेका हुन् ।

उनले नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानुन बनाइएको हो वा डुबाउन भन्नेबारेमा गम्भीर हुनुपर्ने बताए । उनले नेपालमा पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘फागुन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा घटना भयो । एकजना टर्कीबाट आउनुभएको अन्तर्राष्ट्रिय स्तरको कार्डियोलोजिस्ट गंगालाल अस्पतालमा आउँदै हुनुहुन्थ्यो । केही नयाँ प्रविधियुक्त कामहरू भइरहेका थिए । उहाँलाई गिरफ्तार गरियो । गिरफ्तार गर्नुको कारण उहाँले ९६ हजार आइसी बोकेर आउनुभएको रहेछ । त्यो कारणले उहाँलाई गिरफ्तार गरियो । मैले यो सदनमा पटक पटक आवाज उठाएको छु । २५ हजार भन्दा बढी आइसी पर्यटकहरूले चाहे सडकबाट आउँदा होस् वा एयरलाइन्सबाट आउँदा होस् बोक्न नपाउने व्यवस्था गरिरहँदा खेरी नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति हामीले बनाएको हो वा नेपालका होटल उद्योगहरू डुबाउनेका निम्ति बनाएको हो ? सरकारका यो देशका प्रधानमन्त्री, यो राज्य सत्तालाई यो कुरा थाहा छ की छैन ? वा थाहा पाएर पनि हामीले पटक पटक भन्दा पनि सुतेर किन बसेको ? अब्दुल्लाह मिनी भन्ने जसलाई समातिएको हो, प्रमाण मसँग छ । उनले त्यहाँबाट छुट्दा ४ लाख ६१ हजार २३२ रुपैयाँ पैसा नेपालभित्र उनका साथीहरूसँग सापटी लिएर धरौटी राखेर छुट्नुभयो ।

म प्रश्न सोध्न चाहन्छु यो मुलुकको प्रधानमन्त्रीलाई तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको हो ? २५ हजार भन्दा बढी आइसी बोक्न नपाउने, अनि यो देशमा हातमा एक रुपैयाँ पैसा नभएका भिखारीलाई मात्रै ल्याएर टुरिस्ट इण्डस्ट्री चलाउने हो ? होइन भने यो कानुन वा नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ । मुलुक कंगाल बनाउने हो भने यो कानुनलाई निरन्तरता दिनुपर्छ ।’

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १३, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।