July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मेरो जित भएमा बारा २ मा विकासको मूल फुट्छ : उपेन्द्र यादव

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:३५
मेरो जित भएमा बारा २ मा विकासको मूल फुट्छ : उपेन्द्र यादव

बारा : बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबनधनका साझा उम्मेदवार उपेन्द्र यादवले आफूले जितेसँगै बारा २ मा विकासको मूल फुट्ने दाबी गरेका छन्।

आइतबार बाराको बाराको महागढीमाई नगरपालिकाको मलहनी, दहियार, बगडमपुर लगायतका गाउँमा घरदैलो गर्ने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले यस्तो दाबी गरेका हुन्।

जसपाका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले जनतामा भ्रम छरेर ठग्ने नेताहरूबाट सजग रहन पनि बारा २ का मतदातालाई आग्रह पनि गरे।

बारा २ मा चुनावी घरदैलो र जनता दर्शनका क्रममा यहाँको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा विद्यमान समस्या बारे आफू राम्रोसँग जानकार भइरहेकाले आफूले जिते लगत्तै ती समस्याहरू समाधानका लागि पहलकदमी लिने यादवले बताए। उनले भने,‘ संघ र प्रदेश दुवै सरकारमा जसपा छ, त्यस कारण चुनाव जितेलगत्तै बारा २ को विकास र समृद्धिका लागि दुवै सरकारबाट थ्प्रै योजनाहरू लिएर आउनेछु, यहाँको विकास र समृद्धि सधै मेरो प्राथमिकतामा रहनेछ, जनताका दुःख सुखमा मसँगै रहनेछु।’

जनमति पार्टीका अध्यक्ष सिके राउत प्रति कटाक्ष गर्दै जसपा अध्यक्ष यादवले भने,‘ बारा २ मा जनमतले बदनाम उम्मेदवार उठाएकाले लाजले सिके राउत आफै उम्मेदवार बनेर जनतालाई भ्रमित पार्ने र ठग्ने काम गरिरहेका छन्।

बारा २ का जनता माझ बदनाम शीवचन्द्र कुशवाहाको नाम लिन लाज लागेर सिके राउत आफू एक्लै चुनावी प्रचारमा हिँडेको यादवले बताए। यादवले भने, ‘शीवचन्द्र आफू एक्लै हिडेका छन्, उनीसँगै सिके राउत हिँडेका छैनन्, सिके राउतले शीवचन्द्रलाई सँगै लिएर हिँड्दा शीवचन्द्रको करनामाको भण्डाफोर होला कि भन्ने डर सिके राउतमा होला, उनीहरू दुवै सँगै हिडेको जनताले देख्न नै पाएका छैनन्।’
जनमत पार्टी र त्यसका नेता सिके राउत मधेसलाई नेपालबाटै टुक्राउने नारा दिएर हिँडेका व्यक्ति भएकाले उनीहरूबाट जनता सचेत हुनुपर्ने पनि यादवले बताए।

अहिले चुनावी समयमा सिके राउतले मधेस आन्दोलन र मधेसी शहिदका बारे लान्छना लगाउदै बारा २ का मतदातालाई भ्रमित पार्न खोजेपनि जनता उनको भ्रममा नपर्ने यादवले बताए।

आइतबारको चुनावी घरदैलो कार्यक्रममा जसपाका नेताहरू रामिकशार यादव, जनार्दन यादव, शीला साह,सन्तोष साह, पारस साह, प्रमोद यादव, रामबाबु यादवका साथै कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूको पनि सहभागिता थियो।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्