पोखरा । नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए ।
‘आजकै निर्णयअनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने ।
सुदूरपश्चिम सरकारबाट नि माओवादी केन्द्रले लियो समर्थन फिर्ता
कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बिहान बसेको सो पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए ।
सुदूरपश्चिममा माओवादीका ११ सांसद रहेका छन् ।