May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सभामा गयल हुने सांसदलाई रुलिङ गर्न माग

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० ११:२६
सभामा गयल हुने सांसदलाई रुलिङ गर्न माग
  • समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने
  • जिल्लाका कर्मचारीलाई आउजाउमा समस्या
  • २८ जना दरबन्दी माग

विराटनगर ।।

कोसी प्रदेशका सांसदले जनसरोकारका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको बुधबारको बैठमा शून्य समयमा बोल्ने विभिन्न दलका सांसदले विविध विषय उठान गरेका हुन् । माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले स्थानीय तहका कर्मचारीका लागि प्रदेश सरकारले गर्ने धेरै तालिम तथा अभिमुखीकरण विराटनगर केन्द्रित गरिँदा पहाडी तथा हिमाली जिल्लाका कर्मचारीलाई आउजाउमा समस्या हुने गरेको बताए ।

“पहाडी भेगका क्षेत्रका कर्मचारीलाई आउजाउमा सहज हुने स्थानमा अभिमुखीकरण गरिनुपर्छ । ओखलढुंगामा उच्च न्यायालयको बेन्च र उच्च सरकारी वकिल कार्यालयको बेन्च पनि छ । यसैगरी डिभिजन कार्यालय पनि छन्, त्यसैले त्यहाँबाट सेवा दिन ढिलाइ गरिनुहुन्न,” उनले भने ।सांसद शेर्पाले धेरै सांसद बाहिर हाजिर गर्ने तर बैठकमा नबस्ने समस्याप्रति सभामुखबाट रुलिङ गर्नुपर्ने माग राखे । एमालेका सांसद तिलचन्द पाठकले सभाको गरिमा घट्दो अवस्था पुगेको भन्दै मुख्यमन्त्रीलाई चिन्नै गाह्रो भएको बताए ।

“मुख्यमन्त्री र सांसद सदनमा उपस्थित नहुने क्रम चिन्ताको विषय हो,” उनले भने । उनले गोरखापत्रबाट गलत सूचना प्रवाह भएको भन्दै यस्ता समाचार लेख्ने पत्रकारलाई कारबाहीको दायरमा ल्याउन माग गरे । कांग्रेस सांसद मैया श्रेष्ठले झापाको लखनपुरमा संघीय सरकारको २५ करोड लागतमा बनेको आयुर्वेद अस्पताल डेढ वर्षदेखि सञ्चालन भए पनि सेवा दिन नसकेको बताइन् । “एक्सरे नभएर सेवा सञ्चालन छैन । १९ जना जनशक्ति छन् । तीन विशेषज्ञ चिकित्सक छन् । २८ जना दरबन्दी माग गरेको छ । यो लथालिङ्ग अवस्थालाई किन प्रदेश सरकारले समाधान गर्न चासो नदिएको ?,” उनले भनिन् ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट