May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

झापाको दमकमा भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १६:१३
झापाको दमकमा भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर झापाको दमकमा खुलेको छ । दमक नगरपालिका–९ चियादोकान चोकमा भाटभटेनी सुपरमार्केटको उक्त स्टोर खोलिएको कम्पनीले जानकारी दिएको छ ।

बुधवार एक समारोहकाबिच भाटभटेनीका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ र श्रीमती साबित्री गुरुङले संयुक्त रुपमा उक्त स्टोरको उद्घाटन गरेका हुन् । स्टोर उद्घाटन गर्दै प्रबन्ध निर्देशक गुरुङले शुभचिन्तक, आम उपभोक्ता महानुभावहरुको मायाको प्रतिफलकै कारण दमकमा पनि भाटभटेनी स्टोर खुल्न सकेको र आजबाट उक्त स्टोरमार्फत सेवाग्राहीलाई विशेष छुटसहित उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

केही समयअघिसम्म काठमाडौँ केन्द्रित भाटभटेनीले पछिल्लो समय देशै भरीका मुख्य मुख्य सहरमा आफ्नो आटलेट स्टोर विस्तार गरिरहेको छ । यसैको निरन्तरता पछिल्लो पटक झापाको दमकमा कम्पनीले आफ्नो २७ औं स्टोर खोलेको हो ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।