sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १५:२0
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्

चितवन । नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेको छैन । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।

राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका,२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन महासङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् । आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत हाराहारी क वर्गका रहेका उनले जानकारी दिए ।

नयाँ निर्देशिका अनुसार ग वर्गको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी (प्यासेन्ट क्यारिङ भेइकल) का रुपमा मान्यता दिइएको अध्यक्ष लामिछानेले बताए । सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सको स्तरोन्नति नगरी नवीकरण गर्न नपाइने निर्देशिकामा उल्लेख छ ।

सरकारले जारी गरेको निर्देशिकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने भनेको भन्दै यसलाई समेत परिवर्तन गरिनुपर्ने अध्यक्ष लामिछानेको भनाइ छ । उहाँले भन्नुभयो, “यो निर्देशिकाले एम्बुलेन्स सञ्चालनमा ‘सिन्डिकेट’ लागू गरेको छ ।” नयाँ आएका एम्बुलेन्सलाई स्तरोन्नति गरेर सञ्चालन गर्नुपर्ने र पुराना एम्बुलेन्सलाई यसै सञ्चालन गर्न दिनुपर्ने उहाँको माग छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid