May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

ओमानमा अलपत्र झापा मेचीनगरकि सञ्जितालाई नेपाली दूतावासद्वारा उद्धार

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १३:२८
ओमानमा अलपत्र झापा मेचीनगरकि सञ्जितालाई नेपाली दूतावासद्वारा उद्धार
  • रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइयो 
  • ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले फसायो 
  • नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार गरियो 

झापा ।।

वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार रुपैयाँ तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो ।

ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीनतले भवनमा पुर्‍याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरजस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन् ।

कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिएको उनले सुनाइन् । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्‍याएपछि झापा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो ।

सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताएकी थिइन् । उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन् । घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन् ।

“ओमानमा मलाई चारतले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबरजस्ती गरे,” उनले भनिन्, “ब्युटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिनँ भनेर मैले ठाडै अस्वीकार गरेँ । त्यसपछि मलाई उनीहरूले बन्धक बनाएर तनाव दिए ।”

उनले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्कने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले दुई लाख ५० हजार रुपैयाँ माग गरेको बताइन् ।

“तिमीलाई दुई लाख ५० हजार रुपैयाँमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देऊ, अनि मात्र घर फर्कन पाउँछौँ भन्यो,” रोजगारदाता कम्पनीबाट पाएको सास्ती सुनाउँदै उनले भनिन्, “त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ ।”

उनी ‘हेयर स्टाइलिस्ट’को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वर्ल्ड म्यानपावर कम्पनीको बिर्तामोड शाखामार्फत ओमान पुगेकी थिइन् । बिर्तामोडमा रहेको अप्सरा ब्युटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाइन् ।

ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यले उद्धारका निम्ति स्काई म्यानपावर कम्पनी र अप्सरा ब्युटीपार्लर गुहारेका थिए । दुवै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजवंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न गएका थिए ।

“मलाई कम्पनीले अलपत्र पार्‍यो, छिटो उद्धार भएन भने म झुन्डिएर मर्छु भनेर भतिजीले म्यासेज पठाएपछि हामी अत्तालियौँ,” सञ्जिताका काका राजवंशीले भने, “जसले ओमान पठाएको हो, त्यही म्यानपावर र ब्युटीपार्लरमा जाँदा केही पनि जान्दैनौँ भनेर फर्काइदिए ।”

सांसद शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो । ओमान जाँदा एक लाख ५० हजार रुपैयाँ म्यानपावर कम्पनीले लिएको सञ्जिताले बताइन् । उद्धारपछि घर फर्कंदा निःशुल्क आउन पाएको उनले बताइन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट