sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १६:२३
सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

मनाङ – हिमाली जिल्ला मनाङको तालगाउँका महिला सामूहिक आलु खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । नासोँ गाउँपालिका–१ तालगाउँका महिलाले सामूहिकरूपमा आलु खेती गरेका छन् । मनाङमा आलुलाई प्रमुख खेतीका रूपमा लिइन्छ । उनीहरूले व्यावसायिक आलु उत्पादनबाट आयआर्जन गर्दै आएका छन् ।

आफूहरूलाई आलु खेतीले आत्मनिर्भर बन्न सघाउ पुर्‍याएको तालगाउँकी तिरकाशी घलेले बताउनुभयो । जग्गा भाडामा लिएर ११ जना महिलाको समूह बनाएर अहिले १० रोपनी जग्गामा खेती गरिरहेको उहाँले जानकारी दिनुभयो । आलुको उत्पादनबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेको घलेको भनाइ छ । किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिकरूपमा काम थालिएको बताउनुभयो ।

घले र गुरुङ जस्तै अरू महिलाहरू पनि आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र पनि भएकाले उत्पादित आलुको खपतमा खासै समस्या छैन । बाहिरबाट हुने आलुको मागलाई पूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । आलुसँगै स्थानीय किसान अहिले जौ, गहुँ, उवा, फापरलगायतको खेतीमा व्यस्त छन् ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid