May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १६:२३
सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

मनाङ – हिमाली जिल्ला मनाङको तालगाउँका महिला सामूहिक आलु खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । नासोँ गाउँपालिका–१ तालगाउँका महिलाले सामूहिकरूपमा आलु खेती गरेका छन् । मनाङमा आलुलाई प्रमुख खेतीका रूपमा लिइन्छ । उनीहरूले व्यावसायिक आलु उत्पादनबाट आयआर्जन गर्दै आएका छन् ।

आफूहरूलाई आलु खेतीले आत्मनिर्भर बन्न सघाउ पुर्‍याएको तालगाउँकी तिरकाशी घलेले बताउनुभयो । जग्गा भाडामा लिएर ११ जना महिलाको समूह बनाएर अहिले १० रोपनी जग्गामा खेती गरिरहेको उहाँले जानकारी दिनुभयो । आलुको उत्पादनबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेको घलेको भनाइ छ । किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिकरूपमा काम थालिएको बताउनुभयो ।

घले र गुरुङ जस्तै अरू महिलाहरू पनि आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र पनि भएकाले उत्पादित आलुको खपतमा खासै समस्या छैन । बाहिरबाट हुने आलुको मागलाई पूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । आलुसँगै स्थानीय किसान अहिले जौ, गहुँ, उवा, फापरलगायतको खेतीमा व्यस्त छन् ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट