May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पुरानो सत्ता गठबन्धनमा समस्या भएकाेले नयाँ समीकरण बन्याे: शंकर पोखरेल

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० १५:३९
पुरानो सत्ता गठबन्धनमा समस्या भएकाेले नयाँ समीकरण बन्याे: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताएका छन्।

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको बताए।

नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको छ।’ हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उनले भने।

पुरानो सत्ता गठबन्धनभित्र समस्या भएको थाहा पाएपछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उनले प्रष्ट पारे। ‘त्यस कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो हो’, पोखरेलले भने।

विगतको सरकार असफल भएकोले अहिलेको सरकारलाई सफल बनाउनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड छ।

त्यसैले चारदलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको पोखरेलले बताए।

पोखरेलले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेकोसमेत बताएका छन्। ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन्’, उनले भने।

पोखरेलले यस्ता प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिँदै यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने प्रष्ट पारेका छन्।

अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको उनले बताए। यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा उनको जोड छ।

जति राज्यबाट नागरिक टाढिन्छन् त्यति नै विकास र समृद्धि पनि टाढिने पोखरेलको धारणा छ।

पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको बताउँदै पोखरेलले विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताए।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट