July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

गृहमन्त्रीलाई गगनको प्रश्न पिडकबाटनै पिडीतले कसरी निष्पक्ष न्याय पाउछन् ?

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:५६
गृहमन्त्रीलाई गगनको प्रश्न पिडकबाटनै पिडीतले कसरी निष्पक्ष न्याय पाउछन् ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट सहकारी ठगीबारे अनुसन्धानमा निष्पक्ष छानविन नहुने आशय व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठक बोल्दै महामन्त्री थापाले आफैँ मुछिएको काण्डमा गृहमन्त्रीले कसरी निष्पक्ष छानबिन गर्छन् भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन् । ( सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफै मुछिनुभएको छ। अब यसको निष्पक्ष छानबिन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने र प्रहरीले अनुसन्धान गर्दा त शक्तिशाली नेताहरूलाई नछुने रहेछ। जीवी राई, दीपेश पुनसहितको समूहले अर्बौँ अपचलन गरेको छ त्यसमध्येको सबैभन्दा धेरै पैसा ग्यालेक्सी टेलिभिजनमा गएको रहेछ। मैले थाहा पाएसम्म अझै धेरै शक्तिशाली नेताहरूको नाम आउँछ। राम्रोसँग अनुसन्धान हुने हो भने। त्यसैले अनुसन्धान नियमित ढंगले प्रहरीले गर्न सक्छ भनेर हामीले कसरी पत्याउनेरु सहकारी ठगीमा कुनै एउटा प्रमाण नास नहोस्। अहिले प्रमाणहरू प्रहरीसँगै छ। पीडितहरूले जम्मा गरेर दिएका छन्। जो मुछिएको छ त्यसले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने र प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। हामीलाई ओठे जवाफ होइन। जिम्मेवारी बोधसहितको चाहिन्छ।

उनले नखाएको विष नलाग्ने भएकाले गृहमन्त्रीलाई आफू जोडिएको प्रकरण टुंग्याउन आग्रह गरेका छन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्